मुख्य समाचार

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने


काठमाडौँ । देउवापक्षीय नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने गरी तयारी अघि बढाइएको छ ।

पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा महाधिवेशनको तयारीका लागि जिल्लादेखि वडा तहसम्म अधिवेशन तयारी समिति गठन भइसकेको जनाएको छ ।

समितिका अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै, मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी छ।

महाधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकिएको विज्ञप्तिमा उल्लेख छ । जिल्ला तयारी समितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहका तयारी समिति गठन गर्ने जनाइएको छ ।
महाधिवेशन तयारी समितिले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उत्साहपूर्वक अधिवेशनमा सहभागी हुन आग्रह गरेको छ ।

समितिको विज्ञप्तिअनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन गर्ने निर्णय भएको हो ।

शेयर गर्नुहोस :

0
Shares