मुख्य समाचार

जापानमा जनसंख्या लगातार घट्दो

जापानमा जनसंख्या लगातार घट्दो


एजेन्सी । जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशत घटेको छ । विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार छ ।

सन् २०२० को तुलनामा जनसंख्या करिब ३१ लाख ७० हजार घटेको हो । जापानमा सन् १९२० देखि प्रत्येक पाँच वर्षमा जनगणना हुन्छ । सन् २०१५ पछि लगातार तीनवटा जनगणनामा जनसंख्या घटेको देखिएको छ ।

कुल जनसंख्यामध्ये करिब ५ करोड ९७ लाख ७० हजार पुरुष र ६ करोड ३२ लाख महिला छन् । त्यस्तै जापानमा ६५ वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या कुल जनसंख्याको २९.४ प्रतिशत पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । वृद्ध जनसंख्या बढ्दै जाँदा जापानमा जनशक्ति र सामाजिक सुरक्षासम्बन्धी चुनौती पनि बढ्दै गएको छ ।

जापानका ४७ प्रान्तमध्ये टोकियोमा मात्र जनसंख्या बढेको छ । सन् २०२० को तुलनामा टोकियोको जनसंख्या करिब १ लाख ८९ हजारले बढेको छ ।

शेयर गर्नुहोस :

0
Shares