दमक । कोशी प्रदेश सांसद होम बहादुर थापासहितको प्राविधिक टोलीले दमकस्थित वडा नं. ५, ८ र ९ मा पर्ने दिपिनी खोलामा तटबन्ध गर्ने क्षेत्रको अवलोकन गरेको छ ।
कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्ष ०८३-०८४ मा विनियोजन गरिएको १ करोड बजेटले निर्माण गरिने दमकका ३ वडाभित्र पर्ने दिपिनी खोला रोकथामका लागि बुधबार तटबन्धको प्रारम्भिक स्थलगत अवलोकन सांसद थापासहितको टोलीले गरेको हो । प्रदेश सांसद थापा, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय भद्रपुरका डिभिजन प्रमुख शैलेस पोखरेल, दमक वडा नं. ८ का अध्यक्ष तथा प्रवक्ता धर्म प्रसाद दाहाल (दिपेश), वडा नं. ९ का वडाध्यक्ष कुबेर भट्टराई, इन्जिनियर र प्राविधिक समेतको सहभागितामा दिपीनी खोलाको तटबन्ध गर्ने क्षेत्रको अवलोकन गरिएको छ ।
दमक ८ को पशुपति विद्यालय पश्चिम , वडा नं. ९ को प्रणामी मन्दिरको पूर्व र दमक ५ को सुकुम्बासी बस्ती क्षेत्रमा पर्ने दिपिनी खोलामा तटबन्ध गर्न अवलोकन गरेको थापाले बताए । चाँडै तटबन्ध गर्ने कामको ठेक्का प्रकृया अघि बढाउन सिचाई डिभिजन कार्यालय प्रमुख पोखरेललाई अनुरोध गरिएको वडाध्यक्ष दाहालको भनाई छ ।








प्रतिक्रिया