मुख्य समाचार

नेपाली कांग्रेस महाधिवेशन : असोज १९ गते उम्मेदवारी मनोनयन दर्ता हुने

नेपाली कांग्रेस महाधिवेशन : असोज १९ गते उम्मेदवारी मनोनयन दर्ता हुने


काठमाडौं, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते उम्मेदवारी मनोनयन पत्र दर्ता हुने भएको छ।

महाधिवेशन निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मनोनयन दर्ताको समय तोकिएको छ।

समितिले तोकिएको समयभित्र योग्य महाधिवेशन प्रतिनिधिहरूलाई उम्मेदवारी दाखिल गर्न आग्रह गरेको छ।अहिलेको विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ।

करिब ७,५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ। निर्वाचनको विस्तृत तालिका भने पछि प्रकाशित गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

शेयर गर्नुहोस :

0
Shares