दमक

दुर्व्यसनविरुद्ध सचेतना जगाउन फूलपातीका दिन दमकमा सांगीतिक कार्यक्रम

दुर्व्यसनविरुद्ध सचेतना जगाउन फूलपातीका दिन दमकमा सांगीतिक कार्यक्रम


दमक । लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना जगाउने उद्धेश्यले दशैंको फूलपातीका दिन झापाको दमकमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

दमक ७ स्थित पशुहाटको प्राङणमा यही असोज ३१ गते लागुऔषध विरुद्ध सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

माङ्गेन्ना पब्लिकेसन र मानुसी मिडिया हाउस प्रालि दमकको संयुक्त आयोजनामा ‘नशामुक्त समाज हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फुलपातीको दिन दमकको पशुहाटस्थित प्राङ्गणमा साङ्गीतिक कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

दमकको सान सांगीतिक कार्यक्रमका मुख्य आकर्षण कलाकार अशोक दर्जी तथा टिकटकर साथै डान्सर गंगु क्षेत्री लगायतले साँगीतिक प्रस्तुती दिने आयोजक मध्येको माङ्गेन्ना पब्लिकेसन दमकका प्रमुख दिल कुमार लावतीले जानकारी दिनुभयो । सांगीतिक कार्यक्रमको पूर्व तयारी अन्तर्गत प्रचार प्रसार, टिकट बिक्री र ब्यवस्थापन पक्षको काम भइरहेको मानुसी मिडियाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares