मुख्य समाचार

नेपालमा नयाँ प्रजातिको चरा भेटियो

नेपालमा नयाँ प्रजातिको चरा भेटियो


काठमाण्डौ । नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार ’कलर्ड किङ्गफिशर’ नेपालमा पहिलो पटक अभिलेख भएको हो ।

चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा मङ्गलैया फाटक नजिक यही असोज १३ गते यो चराको तस्वीर कैद गर्नुभएको हो ।

नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्हरूको सहकार्यमा यसको यकिन पुस्ट्याइँ गरिएको सङ्घले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यो चरा मुख्यतया दक्षिण एशिया र अस्ट्रेलियाका तटीय क्षेत्रमा पाइन्छ । समुद्री किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ । यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या ९०४ पुगेको छ ।

शेयर गर्नुहोस :

27
Shares