मुख्य समाचार

कांग्रेस सभापतिमा गगन थापाले दर्ता गरे मनोनयन

कांग्रेस सभापतिमा गगन थापाले दर्ता गरे मनोनयन


काठमाडौं । कांग्रेसको भावि सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि विशेष महाधिवेशनबाट सभापति बनेका थापाले फेरि सो पदमा दावेदारी प्रस्तुत गरेका हुन् ।

थापासँगै अहिलेसम्म सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ । पहिलो उम्मेदवारी श्यामकृष्ण खड्गीले दर्ता गराएका थिए । सभापतिका अर्का आकांक्षी किशोरसिंह राठोर हुन् । उनको मनोनयन दर्ता भइसकेको छैन ।

थापाको उम्मेदवारीमा कृष्ण बानिया, देउकुमार थेवे र करुणा कटुवाल प्रस्तावक छन् । यस्तै समर्थकमा सुसन वैद्य, गोमा राई र मनोज भट्ट रहेका छन् ।

शेयर गर्नुहोस :

54
Shares