काठमाडौं । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले आज (बिहीबार) देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।
कांग्रेसले आजको दिनलाई भारतीय लोकतन्त्रका लागि ‘कालो दिवस’का रूपमा मनाउने घोषणा समेत गरेको छ । कांग्रेसका अनुसार राज्य, जिल्ला तथा ब्लक तहमा व्यापक प्रदर्शन गरिनेछ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध विपक्षी सांसदहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको कारबाही र केही नेताहरूलाई हिरासतमा लिइएको घटनाको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसले बुधबार सामाजिक सञ्जाल एक्समार्फत आफ्ना प्रदेश, जिल्ला र ब्लक तहका संगठनलाई आज विरोध प्रदर्शन आयोजना गर्न निर्देशन दिएको छ ।
कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई प्रदर्शनमा व्यापक सहभागिता जनाउन समेत अपिल गरेको छ ।
बेंगलुरुमा पनि प्रदर्शन हुँदै
यसैबीच, बेंगलुरुमा पनि आज विशेष गहन पुनरीक्षण (एसआईआर) र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग सम्बन्धित विषयलाई लिएर प्रदर्शन हुन लागेको छ ।
ककरोच जनता पार्टीले गर्न लागेको प्रदर्शनमा त्यसका संस्थापक अभिजीत दीपके तथा चर्चित युट्युबर ध्रुव राठी पनि सहभागी हुने बताइएको छ ।
ध्रुवले सामाजिक सञ्जाल एक्समार्फत आफू प्रदर्शनमा सहभागी हुने पुष्टि गरेका छन् ।









प्रतिक्रिया