काठमाडौँ, असोज २३ गते । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट काट्ने सर्वसाधारणको भीड बढेको छ।
पर्व मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिन थालेपछि नयाँ बसपार्कमा चहलपहल बढेको हो। विशेषगरी लामो दूरीका सवारीसाधनको टिकट लिन यात्रुहरू शुक्रबार बिहानैदेखि टिकट काउन्टरमा पुग्ने गरेका छन्।

पर्वका बेला घर जाने यात्रुको चाप बढ्ने भएकाले अन्तिम समयमा टिकट नपाइने समस्या हुन सक्ने भन्दै यात्रुहरू अग्रिम टिकट लिन थालेका हुन्। काठमाडौँबाट पूर्वी तथा पश्चिम नेपालका विभिन्न जिल्लामा जाने यात्रुको चाप बढेसँगै यातायात व्यवसायीलाई पनि यात्रु व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया