Banner news

झापामा चाडवाड लक्षित सुरक्षा योजना : ११९२ प्रहरी परिचान, ८ स्थानमा सहायता कक्ष

झापामा चाडवाड लक्षित सुरक्षा योजना : ११९२ प्रहरी परिचान, ८ स्थानमा सहायता कक्ष


बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउने उद्देश्यले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

सुरक्षा योजनाअन्तर्गत प्रिभेन्टिभ इन्टेलिजेन्स, भिजिबल पुलिसिङ र र्यापिड रेसपन्सको रणनीति अपनाइएको छ । चाडपर्वको समयमा सम्भावित आपराधिक गतिविधि, चोरीतस्करी तथा अवाञ्छित घटनालाई नियन्त्रण गर्न जिल्लाभर दैनिक कुल एक हजार एक सय ९२ जना प्रहरी जनशक्ति परिचालन गरिने भएको छ ।

यात्रुहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै काँकरभिट्टा बसपार्क, धुलाबारी मोड, चारआली चोक, बुधबारे चोक, भद्रपुर बसपार्क, बिर्तामोडको पश्चिम बस स्ट्याण्ड, दमक बसपार्क, अर्जुनधारा बसपार्क, कनकाई पश्चिम बस स्ट्याण्ड र गौरीगञ्ज बजारसहित १० वटा स्थानमा यात्री सहायता कक्ष स्थापना गरिएका छन् । सुरक्षा बन्दोबस्तलाई कडा पार्न प्रसनिको कमाण्डमा ५६ स्थानमा पिकेट ड्युटी, प्रहरी हवल्दारको कमाण्डमा ६१ वटा क्युआरटी ड्युटी, प्रसनिको कमाण्डमा २७ टोली पैदल गस्ती र प्रहरी नायब निरीक्षकको कमाण्डमा १५ वटा मोबाइल गस्ती परिचालन गरिएको छ । यसैगरी, प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा ३ वटा स्ट्राइकिङ ड्युटीसमेत तोकिएको छ ।

सवारीसाधन तथा यातायात व्यवस्थालाई सुरक्षित बनाउन मापसे तथा लापसे चेकिङसहित नियमित ८ स्थानमा, लामो दूरीका सवारीसाधन लक्षित विशेष चेकिङ २ स्थानमा र ट्राफिकसहितको संयुक्त चेकिङ १७ स्थानमा ड्युटी परिचालन गरिएको छ । झैझगडा, जुवातास, लङ्गुरबुर्जा, चोरीलुटपाट र मापसे नियन्त्रणका लागि ८ वटा टोली खटिएका छन् भने सूचना संकलनका लागि सादा पोसाकमा ८ वटा टोली परिचालन हुनेछन् । धार्मिक स्थल तथा मेला पर्वस्थलको सुरक्षाका लागि १९ टोली, बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा आर्थिक कारोबार हुने स्थानको सुरक्षाका लागि ८ टोली र राजमार्ग स्कर्टिङका लागि ७ वटा टोली तैनाथ गरिएको छ ।

बजार क्षेत्र तथा ड्युटी अनुगमनका लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४ वटा टोली, रात्रिकालीन चेकिङका लागि प्रहरी निरीक्षकको कमाण्डमा ८ वटा टोली, कर्डेन एण्ड सर्चका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा ८ वटा टोली र एम्बुसिङका लागि ४ वटा टोली परिचालन गरिएको छ ।

सभा, जुलुस तथा धर्ना जस्ता कार्यक्रममा तत्काल खटिनका लागि ४ वटा आकस्मिक टोली राखिएको छ । सीमानाकाहरूमा हुने चोरीतस्करी र अवैध पटका, आतिशबाजीलगायत विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न ४० वटा टोली खटाइएको छ भने पटका बिक्रीवितरण तथा प्रयोग नियन्त्रण गर्न छुट्टै ६ वटा टोली परिचालन गरिएको झापा प्रहरीले छ । साथै, कुनै पनि आपत्कालीन स्थितिमा तत्काल परिचालन हुनका लागि प्रहरी निरीक्षकको कमाण्डमा ४ वटा रिजर्भ टोली स्ट्यान्डबाइ राखिएको छ ।

शेयर गर्नुहोस :

81
Shares