भद्रपुर – जिल्ला ब्याडमिन्टन संघ झापाको वार्षिक साधारणसभा ,आइतबार सम्पन्न भएको छ ।
मेची रंगशालास्थित भद्रपुर झापा गोल्डकपको सभाहलमा संघका अध्यक्ष दिपेश ढकालको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति झापा अध्यक्ष शेखर कककडेलको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
सभामा विशेष अतिथि कोशी प्रदेश ब्याडमिन्टन संघ उपाध्यक्ष शैलेन्द्र कुमार कुरुम्वाङ, कोशी प्रदेश सदस्य जीवनकुमार श्रेष्ठ, कार्य समिति पदाधिकारी–सदस्यहरुको उपस्थिति थियो ।
संघका उपाध्यक्ष दिपक घिमिरेले स्वागत र सचिव तिर्थराज ढकालले सञ्चालन गरेको समारोहमा अध्यक्ष ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
अध्यक्ष ढकालले निकट भविष्यमै मेची रंगशालास्थित कार्ड हलमा कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता गरिने बताए ।
सभामा विशेष अतिथि कुरुम्वाङ र प्रमुख अतिथि कँडेलले शुभकामना मन्तव्य राखेका थिए।
सभामा कोशी प्रदेश ब्याडमिन्टन संघमा निर्वाचित उपाध्यक्ष शैलेन्द्र कुरुम्वाङ, सदस्य जीवनकुमार श्रेष्ठ र जिल्ला खेलकुद बिकास समिति सदस्य पदमा मनोनित दिलकुमारी सुब्बालाई खादा लगाएर सम्मान गरिएको थियो ।








प्रतिक्रिया