शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाद्वारा सोमबार कार्यालयको प्राङ्गणमा आयोजित साधारणसभाले अध्यक्षको प्रतिवेदन तथा आव ०८२-०८३ को आ . ले .प. र म .ले .प. तथा आव ०८३-०८४ को अनुमानित बजेट निति कार्यक्रम माथि छलफल र पारित , आ .व. ०८३ -०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको हो । साधारणसभामा संस्थाको तर्फबाट अध्यक्ष देवराज बुढाथोकीले समूहको ऐतिहासिक पृष्ठभूमिको बारे जानकारी गराउँदै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जलवायु परिवर्तनका असरहरु ,चोरी तस्करी पूर्ण रुपमा रोक्न नसक्नु, डढेलो नियन्त्रण गर्न नसक्नु ,वन व्यवस्थापनमा नीति तथा निर्देशनका चुनौतीहरु तथा ऐन कानुन तथा नियमावली कार्यान्वयनका कठिनाइहरु , वन्यजन्तुका लागि पर्याप्त आहार र पानीको अभाव , वन अतिक्रमण नियन्त्रण र पुरानो बासिन्दाको चिन्ता , वन संरक्षण, संवद्र्धन र विकास, गरीबी न्यूनीकरण जस्ता कार्यक्रमहरु प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै लेखा समितिको तर्फबाट संयोजक पुष्प बहादुर घलेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार आ.व.०८२ ÷०८३ मा जम्मा आम्दानी १ करोड १९ लाख ६८ हजार १ सय १४ रुपैयाँ ३१ पैसा र बैंक बाहेक खर्चतर्फ १ करोड १२ लाख ७४ हजार ३ सय ३९ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल बैंकमा मौज्दात ९ हजार ७ सय ३३ रुपैयाँ ४५ पैसा र इन्भेस्टमेन्ट बैंकमा ५ हजार ३ सय ७७ रुपैयाँ छ भने नगद मौज्दात ७९ हजार ६ सय ८५ रुपैयाँ ५९ पैसा छ । दायित्व रकमी तर्फ ८१ लाख ५३ हजार ६१ रुपैयाँ ७२ पैसा छ भने दायित्व रकम ८७ लाख ७ हजार ८ सय ५०रुपैयाँ ७२ पैसा रहेको उल्लेख छ ।

अध्यक्ष बुढाथोकीको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य रहेको खुल्ला – सत्र कार्यक्रममा प्रमुख अतिथि गोम्देन तामाङ , विशिष्ट अतिथि एवं जिल्ला वन कार्यालय चन्द्रगढीका वन अधिकृत नथुनी गोहिवार यादव, अर्जुनधारा नगरपालिका –४ का वडाध्यक्ष अम्बर बहादुर कटुवाल , उपभोक्ता समूहका पूर्व अध्यक्ष खड्ग चाम्लिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समूहकी सचिव चन्द्रकुमारी बुढाथोकीले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष रुद्र बहादुर खत्री पौडेलले गरेका थिए ।








प्रतिक्रिया