पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । योजना सम्पन्न भएसँगै ३६५ जना लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ । सो योजना संघीय सरकारको रु ७६ लाख ७५ हजार विशेष अनुदानमा सम्पन्न भएको हो । गत असारमा सम्पन्न भएको योजनाको मङ्गलबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उद्घाटन गरे ।

याङवरक गाउँपालिकाको केन्द्र रहेको क्षेत्रमा खानेपानीको सहज व्यवस्था मिलाई स्थानीयवासीलाई आयआर्जनका क्षेत्रमा लाग्न, होटल व्यवसाय सञ्चालनका लागि प्रयास गरिएको अध्यक्ष योङ्याले बताए।
याङवरक–४ जोरधाराका सहरनन्द योङहाङले व्यवस्थित खानेपानी योजना सञ्चालनमा आएपछि होटल व्यवसायको विस्तार हुने अपेक्षा गरिएको बताए। याङवरक गाउँपालिकाको केन्द्र रहेको यसै स्थानमा ऐतिहासिक याङवरक पोखरी, थर्पुनागी प्रहरी चौकीलगायत मानिसको बाक्लो उपस्थिति हुने स्थान तथा निकाय रहेका छन् ।








प्रतिक्रिया