बिर्तामोड

असोज ३० गते बिर्तामोडमा ‘जमरा एण्ड द विट्स’ को बृहत सांगीतिक प्रस्तुति हुने

असोज ३० गते बिर्तामोडमा ‘जमरा एण्ड द विट्स’ को बृहत सांगीतिक प्रस्तुति हुने


बिर्तामोड । झापाको बिर्तामोडमा ‘जमरा एण्ड द विट्स’ ले बृहत सांगीतिक कार्यक्रम आयोजना गरेको छ । चाडपर्वको उल्लासलाई संगीतसँग जोड्दै बिर्तामोडका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

डिजि भेन्ट्सको आयोजनामा असोज ३० गते आयोजना हुने कार्यक्रममा राष्ट्रियस्तरका कलाकार तथा सांगीतिक समूहले आफ्नो प्रस्तुति दिनेछन् । चाडपर्वको रमझमलाई थप उत्साहपूर्ण बनाउने र संगीतप्रेमीलाई एउटै मञ्चमा मनोरञ्जन दिलाउने लक्ष्यसहित कार्यक्रमको तयारी गरिएको आयोजक समितिका जीवन भण्डारीले जानकारी दिए ।

कार्यक्रममा चर्चित ¥यापर जेमसी, दि फिरन्ते ब्याण्ड तथा केयरसिंह लुङ्गाको विशेष सांगीतिक प्रस्तुति रहनेछ । फरक–फरक सांगीतिक स्वाद मन पराउने दर्शकलाई लक्षित गरी तयार पारिएको कार्यक्रमले बिर्तामोडको सांगीतिक माहोललाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।

भण्डारीका अनुसार चाडपर्वलाई गीत–संगीतसँग जोडेर उत्सवमय बनाउने र स्थानीय दर्शकलाई राष्ट्रिय कलाकारसँग प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको कार्यक्रम बिर्तामोडस्थित भाटभटेनीको उत्तर भागमा आयोजना गरिएको छ । आयोजकका अनुसार टिकटको मूल्य एक हजार, एक हजार पाँच सय र दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । बिर्तामोडका अधिकांश क्याफेबाट समेत टिकट खरिद गर्न सकिने आयोजक रोहन पोखरेलले जानकारी दिए । उनका अनुसार अनलाईन टिकट खरिदको पनि व्यवस्था मिलाइएको छ ।

आवश्यक सुरक्षा प्रवन्धसहित कार्यक्रमको आयोजना गरिएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

शेयर गर्नुहोस :

0
Shares