काठमाडौँ : यो वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ।
आज मिति २०८३ असोज २८ गते (२०२६ अक्टोबर १४ तरिख) का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको हो। असोज १७ गतेबाट बहिर्गमन सुरु भएकोमा १२ दिन ढिला गरी देशभरबाट बाहिरिएको हो।
मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने मौसम विज्ञान विभागले जनाएको छ।








प्रतिक्रिया