काठमाडौं, ३१ असोज । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रही बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लागेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहने तथा बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
राति भने देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
देशको हिमाली भूभागका थोरै स्थानमा, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, देशको तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरोको सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले आग्रह गरेको छ।








प्रतिक्रिया