मुख्य समाचार

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो


बिर्तामोड ।  नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो।

हिजो आइतबार सुन तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा ८५ रुपैयाँ बढेर आज ४ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार १०० रुपैयाँ थियो।

शेयर गर्नुहोस :

0
Shares