मुख्य समाचार

कटुवा पेस्तोलसहित साजन होटल सञ्चालक पक्राउ

कटुवा पेस्तोलसहित साजन होटल सञ्चालक पक्राउ


झापा । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा नं. ५ घर भई हाल भद्रपुर नगरपालिका वडा नं. ६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मन कुमार लिम्बु रहेका छन्।

आइतबार अपरान्ह वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लिम्बुले हातहतियार लुकाईछिपाई राखेको भन्ने गोप्य सूचना प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा उनको कोठामा खानतलासी गर्दा सुत्ने बेडमुनि लुकाएर राखिएको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेको हो।

बरामद हतियारसहित लिम्बुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुज्जन अवाले जानकारी दिएका छन्।

शेयर गर्नुहोस :

135
Shares