बिर्तामोड । नेपालीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापा जिल्ला कमिटीले ‘तीज विशेष अनलाइन नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । तीजको मौलिकता र संस्कृतिलाई जोगेर्ना गर्ने उद्देश्यले विद्यार्थीहरू लक्षित यो प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष निगेश श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्…