बैशाख ८, २०८१ शनिबार

घरमै भत्ता पुर्याउन आग्रह

काठमाडौँ । बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीका बेला घरमै पु¥याउन आग्रह गरिएको छ । बन्दाबन्दीले अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जानसक्ने अवस्था नभएपछि घरमै पु¥याउन आग्रह गरिएको हो ।

ज्येष्ठ नागरिकका अगुवाले बन्दाबन्दीको समस्याले गर्दा सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका हुन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले प्रत्येक स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घरमा पुगेर वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले बन्दाबन्दीले गर्दा सवारीसाधन चलेका छैनन् । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही बैङ्कसम्म पुग्न सक्ने अवस्था छैन । पुगिहाले पनि लाइनमा बसेर भत्ता लिन सक्दैनन् । स्थानीय तहका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरमै पु¥याउने व्यवस्था गर्नुपर्छ भन्नुभयो ।

सरकारले निम्न आय भएका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता व्यक्ति लगायत नागरिक र सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने ६० वर्षदेखि ६९ वर्षका ज्येष्ठ नागरिकलाई मासिक चार हजार रुपियाँका दरले बन्दाबन्दीको समयमा राहत प्याकेज प्रदान गर्न सरकारको ध्यानाकर्षण गराइएको श्रेष्ठले बताउनुभयो ।

सरकारले प्रत्येक चौमासिक रूपमा सामाजिक सुरक्षा भत्ताको रकम स्थानीय तहको खातामा पठाउने गरेको छ । सम्बन्धित स्थानीय तहको सिफारिसमा बैङ्कले सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका छन् । बैङ्क नपुगेका स्थानीय तहमा भने सम्बन्धित वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

घरमै पु¥याउँछौँ
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका उपाध्यक्ष एवं झापाको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले स्थानीय तहले सामाजिक सुरक्षा भत्ताको रकम बैङ्कमा पठाइसकेकाले पुनः बैङ्क मार्फत रकम लिएर घरमा पु¥याउन समस्या हुने बताउनुभयो ।
अति अशक्त र पूर्ण अपाङ्गता भएका नागरिकलाई भने कतिपय स्थानीय तहले यस अघिदेखि नै घरमा सामाजिक सुरक्षाा भत्ता वितरण गर्दैआएका छन् । काफ्लेले हामी सामाजिक सुरक्षा भत्ता घरमा पु¥याउन तयार छौँ तर सङ्घीय सरकारले बैङ्कसँग समन्वय गरी पुनः स्थानीय तहकै खातामा पैसा पठाउन निर्देशित गर्नुपर्छ भन्नुभयो ।


विभागका अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकमा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक तीन हजार रुपियाँ, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिकलाई मासिक दुई हजार रुपियाँ प्रदान गर्दैआएको छ ।

त्यस्तै एकल र विधवालाई दुई÷दुई हजार, पूर्ण अशक्त अपाङ्गलाई तीन हजार, अति अशक्त अपाङ्गलाई एक हजार छ सय, लोपोन्मुख आदिवासी जनजातिलाई तीन हजार, कर्णालीका र दलित बालबालिकालाई चार सय रुपियाँ भत्ता दिइँदै आएको छ ।

खातामा पैसा पठाउन निर्देशित गर्नुपर्छ भन्नुभयो । विभागका अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकमा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक तीन हजार रुपियाँ, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिकलाई मासिक दुई हजार रुपियाँ प्रदान गर्दैआएको छ ।


त्यस्तै एकल र विधवालाई दुई÷दुई हजार, पूर्ण अशक्त अपाङ्गलाई तीन हजार, अति अशक्त अपाङ्गलाई एक हजार छ सय, लोपोन्मुख आदिवासी जनजातिलाई तीन हजार, कर्णालीका र दलित बालबालिकालाई चार सय रुपियाँ भत्ता दिइँदै आएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]