बैशाख १८, २०८१ मंगलबार

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४२७ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे । 

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो ।

अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमितहरु तीनवर्षदेखि ४८ वर्षसम्मका रहेका छन् । आज सात महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ३५ हजार ४९४ पीसीआर परीक्षण र ७५ हजार ७२ आरडीटी परीक्षण भएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार  ५ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]