बैशाख २८, २०८२ आईतबार

अनेरास्ववियू इलामले पठायो अतिक्रमित भूभाग फिर्ता गर्न मोदीलाई रगतले लेखिएको पत्र

बिर्तामोड । अनरोस्ववियू इलाममा आवद्ध विधार्थीले आफ्नै रगतले लेखिएको पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका छन् ।

सो विधार्थी संगठनमा आवद्ध विधार्थीले लिपुलेक, लिम्पियाधुरा, सुस्ता, महेशपुर, सन्दकपुर, पशुपतिनगर लगायतका भूभागमा भारतले अतिक्रमण गरेकोमा आपत्ति जनाउदै अतिक्रमित भूभाग फिर्ता गर्न रगतले लेखिएको पत्र इमेल मार्फत पठाएको अनेरास्ववियू इलामका अध्यक्ष प्रवेश पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा पत्र पठाउन नसके पनि इमेल मार्फत प्रधानमन्त्री मोदीलाई छाँया कपि पठाइएको छ । सक्कलप्रति संगठनको केन्द्रीय कमिटीलाई पठाउने निर्णय भएको पराजुलीले जानकारी दिए । उक्त पत्र भारतीय दुतावास, , भारतको परराष्ट्र मन्त्रालय एवम कुटनीतिक नियोगहरुमा पठाइएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]