बैशाख १८, २०८१ मंगलबार

झापामा ५ जनासहित प्रदेश १ मा थपिए ७ संक्रमित

विराटनगर – प्रदेश १ मा ६६ जनालाई कोभिड- १९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड- १९ पुष्टि भएको हो ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापामा ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ पुष्टि भएको हो । २६ जना कोभिड-१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किनु भएको छ ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]