बैशाख १२, २०८१ बुधबार

बिर्तामोड पूर्ण रुपमा बन्द गर्ने निर्णय

बिर्तामोड । बिर्तामोड नगर क्षेत्र बिहीवारदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राती १२ बजेदेखि बिर्तामोड क्षेत्र शिल गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरका पे्रस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिए । उनका अनुसार औषधि र कृषिजन्य वस्तुको व्यवसाय खुला गरेर बाँकी सबै किसिमका व्यवसाय बन्द गर्ने निर्णय भएको छ । बिर्तामोड प्रवेश गर्ने चारैतिरका नाका बन्द गरेपछि यस क्षेत्रमा कोरोना भाइरसको संक्रमण जोखिम कम हुने भएको छ ।

यस्तै, नेपाल–भारत सीमामा अलपत्र २ सय नेपालीलाई आज राती बिर्तामोडस्थित कन्चनजंगा नर्सिङ कलेजको क्वारेन्टाइनमा ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]