बैशाख ८, २०८१ शनिबार

झापा उच्च जोखिममा

विष्णुप्रसाद पोखरेल

दमक ।  झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए ।  बिहीबार बिहान १५ र दिउँसो आठ गरी २३ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।  

अहिले झापामा कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् ।
झापामा फेला परेका कूल सङ्क्रमितमध्ये ३३ जना भारतसँगको सीमावर्ति कचनकवल गाउँपालिकाका हुन् ।  यी सबै भारतबाट आएका हुन् ।  कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको छ । भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय तह सिल गर्न थालिएको छ । यसैबीच, भmापामा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा नै स्वाब परीक्षणसहित कोभिड १९ अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार झापामा कोभिड अस्पताल निर्माण र जिल्लामै स्वाब परीक्षणको व्यवस्था मिलाउने प्रक्रिया थाल्न निर्देशन भएको जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

यो छलफल बिहीबार बिहान पनि भएको थियो । झापाका स्वास्थ्य, अनुगमन समिति, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिसहितको छलफलमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रयोगशाला भद्रपुरको मेची अस्पतालमा राख्ने सहमति बनेको छ ।

अस्पताल कहाँ राख्ने भन्नेबारे शुक्रबारसम्ममा टुङ्गोमा पुग्ने बताइएको छ । प्रदेश सरकारले आवश्यक सहयोग गर्ने भनिसकेकाले यही साताभित्र हामी प्रयोगशाला र कोभिड अस्पताल बनाउने गरी लागि परेका छाँै, पोर्तेलले भन्नुभयो । छलफलमा कोरोना सङ्क्रमणबाट कसैको ज्यान गएको अवस्थामा दाहसंस्कार गर्ने स्थलको पहिचान र व्यवस्थापनको विषय उठेको छ ।
प्रदेश १ मा विराटनगर र धरानमा पीसीआर विधिबाट परीक्षण हुनुको साथै अस्पताल छन् । पछिल्लो समयमा भारतबाट आउनेहरुमा सङ्क्रमणको उच्च जोखिम देखिएकाले झापामा थप सुविधाको आवश्यकता महशुस गरिएको छ ।

नेपाल भारत सीमामा रहेका पाँच सयभन्दा बढीलाई उद्धार गरेर झापाका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्न थालिएको छ । सीमाबाट उद्धार गरिएका झापा जिल्लाभित्रका भए जुन नगरपालिका वा गाउँपालिकाका हुन् त्यहाँ निर्माण गरिएको क्वारेन्टाइनमा पठाउने बताइएको छ ।

बाहिर जिल्लाका भए जाँचपछि रिर्पोट नेगेटिभ आएमा सोही जिल्लामा पु¥याउने निर्णय भए अनुसार कार्य थालनी भएको पनि जनाइएको छ । जिल्लाका प्रत्येक नगरपालिकाले कम्तीमा १५० र गाउँपालिकाले एक सय जना राख्न सक्ने गरी क्वारेन्टाइन बनाएका छन् ।
झापामा पछिल्लो तीन दिनमा २५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । यसअघि दुईजनामा कोरोना देखिएको थियो । दमक र बाह्रदशीका तीन दुई जना उपचारपछि घर फर्केका छन् ।
बाँकी २५ जना सबै कचनकवल गाउँपालिकाका रहेका छन् । उनीहरु गाउँपालिकाले बनाएका क्वारेन्टाइनमा रहेका थिए । सबै भारतबाट आएको पनि गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]