चैत्र १५, २०८० बिहीबार

बल्ल सुनसान बन्यो बिर्तामोड

सुशिल दाहाल

बिर्तामोड । मानवीय चहलपहल बढेपछि बिर्तामोडमा आजबाट थप कडाई गरिएको छ । नगरले बिर्तामोड प्रवेश गर्ने चारैद्वार बन्द गरेपछि आजबाट बिर्तामोडको अवस्था सुनसान भएको छ । बिहीवार सार्वजनिक गरेको निर्णयमा अत्यावश्यक बाहेकलाई हिडडुलमा पूर्ण प्रतिबन्ध गरेपछि भीड्भाड शून्यमा झरेको छ ।

कोरोनाको संक्रमण फैलन सक्ने संभावना देखिएकोले त्यसलाई मध्यनजर राख्दै अर्को निर्णय नभएसम्मका लागि जेठ ७ गते स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख समेतको सर्वपक्षीय बैठकको निर्णयले लकडाउन थप कडाइ गरिएको हो ।

निर्णयहरु
१) नगरको सिमानाहरुमा रहेका छिमेकी पालिकाहरुबाट हुने प्रवेश र आवत जावतलाई पूर्णत बन्द गर्न सुरक्षा निकायले सम्बन्धित वडा र टोल विकास संस्थासँग समन्वयात्मक ढंगले आवश्यक कार्य अगाडी बढाउने ।
२) स्वास्थ्य सेवाका अस्पताल, औषधी पसल, एम्बुलेन्स सेवा र सव(वाहन २४ घण्टै खुल्ला रहने ।
३) दुग्ध उत्पादन र बिक्रिवितरण, कृषि विउ, विजन, मल, औषधीको सेवा, पशु सेवा उपचार संचालन गर्ने ।
४) तरकारीको बिक्रि वितरण घुम्ती सेवाबाट मात्र विहान ८ बजेदेखि १२ बजेसम्म संचालन गर्ने ।
५) बिर्तामोड नगर क्षेत्र भित्र संचालन हुने विकाश निर्माण तथा आयोजनाहरु सुचारु गर्ने र सो को लागि आवश्यक पर्ने सामाग्रीहरु नगरपालिकाले पास दिएका सवारी साधनहरुबाट मात्र ओसार पसार गर्ने ।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  ११ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]