बैशाख १३, २०८१ बिहीबार

संविधान संसोधनको विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक प्रतिनिधिसभामा लैजाने निर्णय गरेको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले बताउनुभएको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वयनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी गराउनुभयो ।
सरकारले जारी गरेको नयाँ नक्सामा अहिले रहेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नभएकाले त्यो समावेश गर्न संविधान सशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  २ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]