बैशाख ४, २०८१ मंगलबार

नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौं । थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]