बैशाख १२, २०८१ बुधबार

‘कक्षा १ देखि संस्कृत पढाउनु गैह्रसंवैधानिक’

काठमाडौ । मातृभाषाहरुलाई कमजोर बनाउने योजनासहित कक्षा १ देखि नै संस्कृत पठनपाठन गराउने योजना बनेको वक्ताहरुले आरोप लगाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको ‘बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति’ विषयक भर्चुअल संवादमा सहभागी वक्ताहरुले मातृभाषाहरुलाई कमजोर बनाउने योजनासहित संस्कृत पठनपाठनलाई अघि सारिएको आरोप लगाएका हुन ।

कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक विश्वभक्त दुलाल आहुतिले हिन्दुकरणको निरन्तरता स्वरुप संस्कृतलाई कक्षा १ देखि नै पढाउने योजना बनेको भन्दै यसले सम्पूर्ण मातृभाषालाई संकटमा पार्ने घारणा राख्नु भयो ।

नेपालमा संस्कृत विद्यालय, विश्व विद्यालय खोल्ने, संस्कृतलाई पाठ्क्रममा राख्ने भनेको नेपाली समाजलाई कुनै न कुनै रुपबाट हिन्दुकरणको प्रकृयामै निरन्तरता गराउने राजनीति रहेको आहुतिको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै शिक्षाकर्मी टीका भट्टराईले संविधानको मर्म विरपरित संस्कृत भाषालाई कक्षा १ देखि लागु गर्न खोजिएको बताउनु भयो ।

संविधानको मकसद मातृभाषमा पढाउने मात्र नभएर यसलाई माध्यमको रुपमा प्रयोग गर्नु पर्ने भएता पनि सरकारको ध्यान संस्कृतमा जानुले मातृभाषाप्रति अनुद्धार रहेको प्रष्ट हुने भट्टराईको भनाइ रहेको छ । राज्यलाई संस्कृत भाषा संरक्षण गर्नु पर्छ भन्ने लागेकैै हो भने पनि संस्कृत पठनपाठन हुँदै आएका अरु नै संरचना रहेकाले विद्यालयहरुमा संस्कृत पठन आवश्यक नरहेको उहाँका धारणा रहेको छ ।

कार्यक्रमा बोल्दै भाषाविद् अमृत योन्जनले संस्कृत भाषा पठनपाठनले कक्षा १ देखि नै प्रवेश पाउने कुरा गैह्संवैधानिक रहेको बताउनु भयो ।

संस्कृत मातृभाषा नरहेकाले कक्षा १ देखिनै संस्कृत भाषा पढाउने विषय गैह्संवैधानिक रहेको उाँको दावी रहेको छ । संविधानले मातृभाषाहरुलाई विद्यालय तहमा पठनपाठन गर्न पाउने व्यवस्था गरे पनि गैह्मातृभाषाको सवालमा त्यस्तो व्यवस्था नरहेकाले सरकारले कक्षा १ देखि संस्कृत पढाउने काम गर्नु गैह्संवैधानिक हुने उहाँको तर्क रहेको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]