बैशाख १४, २०८१ शुक्रबार

सीमाबाट ११ सयको उद्धार गरी झापा ल्याइयो, खानपानमा सहयोग गर्न आव्हान

बिर्तामोड । नेपाल–भारत सीमामा अलपत्र साढे ११ सय नागरिक झापा भित्रिएका छन् । उनीहरुलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा राखिएको छ ।

गत जेठ ५ गतेबाट उद्धार गर्ने निर्णय भएसँगै उनीहरुलाई ल्याएर होल्डिङ एरिया र क्वारेन्टाइमा राख्न थालिएको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । उनका अनुसार उद्धार गरेर ल्याइएका नागरिकको कोरोना परीक्षण समेत भइरहेको छ । झापाको भद्रपुर, बिर्तामोड, मेचीनगर, दमक लगायतका क्षेत्रमा निर्माण गरिएका क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ ।

उद्धार भएका नागरिकको लागि बिर्तामोडमा एकका लागि एक अभियानले खानपानको व्यवस्था मिलाएको छ । भद्रपुर र दमकका लागि खानाको व्यवस्था गरिदिन दाताहरु खोज्ने काम भइरहेको संयोजक पोर्तेलको भनाई छ । कोषमा संकलन भएको रकमले खानाको प्रबन्ध गर्दा के हुन्छ भन्ने जिज्ञासामा जवाफ दिदैं उनले भने – अहिलेसम्म त्यहि रकमले खाना खुवाइरहेका छौं । तर, त्यो रकम खानामा भन्दा पनि कोरोना परीक्षणमा खर्च गर्न पाइयोस भन्ने सोच छ । धेरै दाताले हामी जस्तोसुकै सहयोगका लागि तयार छौं भन्ने घोषणा भएकाले खानाको व्यवस्था मिलाइदिा आव्हान गरेको हो ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]