बैशाख १४, २०८१ शुक्रबार

झापामा सुरक्षा निकायको चलाखीले समुदायमा फैलिन पाएन कोरोना

बिर्तामोड । सामुहिक निर्णयले झापामा जेठ ५ गतेबाट मात्रै नेपालीको उद्धार गर्न थालियो । तर, नेपाल–भारत सीमा क्षेत्रबाट लुकिछिपी आउनेहरु कहिल्यै रोकिएनन् । फाट्टफुट्ट आइनै रहे ।

झापाको हटस्पट बनेको कचनकवलमा मात्रै ३३ जना संक्रमित नेपाल प्रवेश गरेका थिए । उनीहरु भारतबाटै संक्रमित भएर आएका नागरिक हुन् । ३३ जना संक्रमित सोझै गाउँ छिरेका थिए भने झापाको बेहाल हुने थियो । ३३ जनाबाट समुदायमा सरेको थियो भने झापामा कोरोनाको अवस्था भयावह हुने निश्चित थियो ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार लुकिछिपी आउनेहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइन नपुर्याएको थियो भने अहिलेको अवस्था डरलाग्दो भइसक्यो । एसपी कोइराला भन्छन्, नेपाल प्रहरी र सशस्त्र प्रहरी ध्यान नै लुकिछिपी नेपाल प्रवेश गर्नेहरुमा केन्द्रीत थियो । जिल्लास्तरीय समितिले समयमै सीमा सुरक्षाका सहकार्य समेत गरेकोले ठुलो जोखिमको पार गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ११ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]