बैशाख १४, २०८१ शुक्रबार

भद्रपुरमा सय बेडको कोरोना अस्पताल

भद्रपुर । मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पताल बनाइने भएको छ । आज सरोकारवालाबीचको छलफलले मेची अस्पताललाई १०० बेडको कोरोना अस्पताल बनाउने निर्णय गरिएको छ ।

कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बसन्त बानियाँले जानकारी दिए । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको सांसद बानियाँले जानकारी दिए ।

साविक जनस्वास्थ्य कार्यालयको तालिम केन्द्रमा कोभिड परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय भएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।


प्रदेश सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरेपछि सरोकारवालाहरु छलफलमा जुटेका थिए ।

कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अञ्चल अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]