बैशाख ७, २०८१ शुक्रबार

चार दिनअघि मुम्बईबाट आएका थिए झापा गाउँपालिकाका संक्रमित, भोलीदेखि शिल गर्ने

बिर्तामोड । झापा गाउँपालिकामा कोरोना पुष्टि भएका पुरुष मुम्बईबाट आएको बुझिएको छ । उनी चार दिनअघि आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए ।

सीमाबाट उद्धार गरेर ति पुरुषलाई डिल्लीराज माविको क्वारेन्टाइनमा राखिएको शाहको भनाई छ । झापा गाउँपालिकमा समेत कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि शिल गर्ने अध्यक्ष शाहले जानकारी दिए । भोली बोर्ड बैठक बसेर शिल गर्ने निर्णय गछौं – शाहले भने ।

यसअघि झापाको तीन पालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । झापाको दमक, बाह्रदशी , कचनकवलपछि झापा गाउँपालिकामा कोरोना संक्रमित भेटिएका हुन् । आज थप १ जनामा कोरोना पुष्टि भएसँगै झापामा संक्रमितको संख्या ३६ पुगेको छ ।

दमक, बाह्रदशी १/१, कचनकवल ३३ र झापा गापामा १ जनामा कोरोना पुष्टि भइसकेको छ । कचनकवल, बाह्रदशी र झापा गाउँपालिका भारतीय सीमासँग जोडिएका छन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]