चैत्र १५, २०८० बिहीबार

नेपालमा ३० वर्ष मुनिका संक्रमित धेरै

झापा । कोभिड महामारी रोकथामका लागि बन्दाबन्दी जारी गरिएका दुई महीना पूरा भएको छ । ९ माघमा पहिलो संक्रमित भेटिए पनि सरकारले गएको ११ चैत देखि देशव्यापी बन्दाबन्दी जारी गरेको थियो ।

बन्दाबन्दीको झण्डै महीना दिनसम्म नेपालमा संक्रमित न्यून संख्यामा नै देखिएको थियो । तर, वैशाखको अन्त्य र जेठको सुरुवातसँगै संक्रमित संख्या बढेर गएको छ । शनिबार साँझसम्म नेपालमा संक्रमित संख्या ५८४ पुगेको छ ।

उमेरका आधारमा भने ३० वर्ष मुनिका संक्रमित धेरै देखिएका छन् । २१ देखि ३० वर्षसम्मका संक्रमित २१८ जना छन् भने ११ देखि २० वर्षसम्मका संक्रमित ११६ जना छन् । १० वर्ष भन्दा मुनिका संक्रमित संख्या १७ जना छन् ।

७० भन्दा माथिका संक्रमित तीन, ६१ देखि ७० वर्षका संक्रमित १३, ५१ देखि ६० वर्षका संक्रमित २२, ४१ देखि ५० वर्षका ५४ र ३१ देखि ४० वर्ष उमेर समूहका १३९ संक्रमित छन् । मृत्यु हुने तीनै जनाको ४० भन्दा कम उमेर समूहका छन् ।

संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी उदयपुरबाट २३ जना निको भएर घर फर्किएका छन् बाँकेका २१ बिरामी निको भएर फर्किएका छन् । प्रदेश स्तरमा सबैभन्दा प्रदेश पाँच नै प्रभावित बनेको छ ।

प्रदेश–५ काे बाँकेमा १४२, रुपन्देहीमा ३७, दाङमा ५, गुल्मीमा एक, कपिलवस्तुमा ७७, नवलपरासीमा ६ र बर्दियामा तीन जना संक्रमित पुष्टि भएको छ ।

प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]