बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोडमा संभावित संक्रमितको घरमा रातो झण्डा

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कोभिड–१९ लेखिएको रातो झण्डा गाढ्ने भएको छ । संभावित संक्रमितको पहिचान गरेर घरघरमा झण्डा गाढिने बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

झापामा बढ्दो संक्रमणले गर्दा जोखिम कम गर्न स्वास्थ्य शाखाले नेपाल मै पहिलो पटक झण्डा गाढ्ने योजना बनाएको हो । विभिन्न ठाउँबाट बिर्तामोड क्षेत्रभित्र प्रवेश गरेर होम तथा सेल्फ क्वारेन्टाइनमा बसिरहेको घरमा यस प्रकारको झण्डा गाढिने बताइएको छ । झण्डा गाढिएपछि संभावित संक्रमितको घर भन्ने सन्देश दिनेछ र थप सतर्कता अपनाइनेछ, बिर्तामोड स्वास्थ्य शाखाका ओम बहादुर खड्काले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारी वा अन्य क्षेत्रबाट आएर घरमा बसिरहेकाहरुको घरमा झण्डा गाढिने उनको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार  ३ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]