बैशाख १४, २०८१ शुक्रबार

झापामा थप १ जनामा कोरोना , शुक्रवार दिल्लीबाट आएका थिए संक्रमित पुरुष

बिर्तामोड । झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी गत शुक्रवार दिल्लीबाट आएका थिए । बाह्रदशी राधानगर टोलका पुरुषमा संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको छ । उनी बाह्रदशी आएर क्वारेन्टाइन बसेका थिए ।

यो सँगै बाह्रदशीमा संक्रमितको संख्या २ पुगेको छ भने झापामा कुल संक्रमित ३७ जना पुगेका छन् । यसमध्ये २ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार  ४ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]