बैशाख ४, २०८१ मंगलबार

लकडाउनमा ४४३ कैदीबन्दी रिहा, २५ हजार कोरोनाबाट सुरक्षित

काठमाडौं, जेठ ११ गते । काठमाडौंमा रहेका तीन र देशभरिका ७६ जिल्लामा रहेका ७४ कारागारबाट लकडाउनको समयमा ४४३ जना कैदीबन्दीलाई रिहाइ गरिएको छ ।
सर्वाेच्च अदालतले चैत्र ६ गते गरेको फैसला र फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५५ अनुसार बाल सुधार गृहका २२८ जना र नेपालमा रहेका विभिन्न कारागारवाट २१५ जना गरि ४४३ जना बन्दी रिहा भएको कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिनुभयो ।

उहाँले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते समेत कानुनले दिएको अधिकार अनुसार १९ किसिमका फौजदारी अभियोग बाहेकका अरु मुद्दाका कैदीबन्दीलाई रिहाइ गर्ने अन्तिम तयारी गरिएको बताउनुभयो । तर कति कैदीबन्दीलाई रिहाइ गरिने बारे निर्णय भए पनि सार्वजनिक भने सोही दिनमात्रै गरिने उहाँले बताउनुभयो ।

नेपालमा रहेका काठमाडौ बाहेकका ७४ वटा काराकारमध्ये संम्भव भएसम्म धेरै कारागारमा कोरानको संक्रमणवाट जोगिने उपायमा कारागार व्यवस्था विभागले सकृयता देखाएको कणेलले बताउनुभयो । उहाँले भन्नुभयो, नेपालका ५३ वटा कारागारमा महिला वार्ड र पुरुष वार्ड फरक फरक ठाँउमा राखिएका छन् । नेपालमा हाल २५ हजार २८ जना कैदीबन्दीहरु कारागारमा छन् ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक कणेलले कारागारवाट अदालत र अस्पताल लाने समयमा कैदीबन्दीहरु कोरोनाबाट असुरक्षित हुने भएकाले देशभरीमा कारागारका कैदीबन्दीसँगै स्वास्थ्यकर्मी, सवारी चालक, अस्पताल र अदालत लैजाने समयका सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री समेत व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले अदालतमा पिपिइ सेट, मास्क, ग्लोब लगायतका सामाग्रीहरु आवश्यक पर्ने भएकाले धेरै दाताहरुले समेत कारागारमा सहयोग गर्नुभएको बताउनुभयो ।

द आर्ट अफ लिभिङ नेपालका राहत संयोजक बिमलकुमार कोडियाले ५७ थान पिपिइ सेट र अत्यावश्यक स्वास्थ्य सामाग्री कारागार व्यवस्थापन विभागलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय धनुषा परिसरमा अंपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक रहेको भवन तथा गुल्मीको एक विद्यालयमा अंपाङ्गता भएका विद्यार्थीहरुलाई निक्कै आवश्यक रहेको लुगा धुने मेशिन समेत हस्तान्तरण गरेका थिए ।

सो स्वास्थ्य सामाग्री नेपालभरीका कारागारमा पठाउने व्यवस्थापन गरिने उहाँले बताउनुभयो । कारागारहरुमा आवश्यक रहेको सामाग्रीहरु राष्ट्रिय मानव अधिकार परिसरले नौ थान पिपिइ र नौ सय थान मास्क, त्यस्तै प्रारम्भिक वाल विकास केन्द्र मार्फत सिएनएन हिरो पुष्पा बस्नेतले एक सय थान पिपिइ, पाँच हजार थान ग्लोब प्राप्त गरेर देशभरीका कारागारमा पठाएको हो ।
नेपालका रहेका कारागारमध्ये सर्लाही र मुगुको कारागार निर्माणको चरणमा रहेको त्यहाँका कैदीबन्दी अन्य कारागारमा पठाइएको र बाँकी सबै कारागारमा यतीबेला कैदीबन्दीहरु कोरोनाबाट सुरक्षित रहेको बताउनुभयो ।

प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]