बैशाख ८, २०८१ शनिबार

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ । बैठकमा संविधान संशोधन तथा कोरोना महामारी नियन्त्रण बारेमा छलफल हुनेछ ।

हालै सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको छ भने सो नक्सालाई आधिकारिकता दिन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । यस्तै कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् ।

यसअघि वैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो ।

प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार  १ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]