जेष्ठ ४, २०८१ शुक्रबार

नेपालमा कोरोनाको जोखिम उच्च हुने खतरा

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आंकलन गरिएको बताएका हुन् ।

सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा. नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको संख्यामा उल्लेख्य वृद्धि हुँदै जाने देखिएको बताए । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ ।

‘त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’ उनले थपे, ‘महामारी सरकारको नियन्त्रणमै हुनेछ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझाव समेत पेस गरिसकेको छ ।’

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]