बैशाख २३, २०८१ आईतबार

कचनकवलमा किट अभावले कोरोना परीक्षण गर्न पालो कुर्नु परेको छ : उपाध्यक्ष राजवंशी

बिर्तामोड । झापाको कचनकवलमा बुधबार पनि १५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै यहाँ कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। ३३ जना कोशी अञ्चल अस्पतालमा रहेका छन् भने बुधबार पुष्टि भएकाहरूलाई साँझमा अस्पताल पठाइयो ।

बुधबार ५५ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो। क्वारेन्टाइनमा बसेका १५० जना एक सातादेखि परीक्षण किट नभएर पालो कुरेर बसेका छन्।

‘एक सातादेखि टेस्टका लागि पर्खेका दुई सातादेखि क्वारेन्टाइनमा बसेका मान्छे हुन्। भर्खर थपिएकाहरूको त कहिले पो हो कोरोना टेस्टको पालो आउने’ उपप्रमुख निमसरी राजवंशीले भनिन्‚ ‘आज पनि ३५ जना भारतबाट आएका मानिस थपिएका छन्।’

उपप्रमुख राजवंशीले सबैभन्दा ठूलो समस्या नै परीक्षणको भएको बताइन्। ‘सबै भारतबाट आएका व्यक्तिहरू छन्‚ कोसँग संक्रमण छ‚ कोसँग छैन परीक्षण नगरी थाहा हुँदैन’ राजवंशीले भनिन् ‘परीक्षण समयमा नहुँदा कोरोना भएका र नभएकाहरूलाई एकै ठाउँमा राख्न परेको छ।’

गाउँपालिकामा समस्यै समस्या भएको उनले बताइन्। मानिसहरू दैनिक रुपमा बढ्दै जाँदा गाउँपालिकामा धेरै समस्या भएको उनले बताइन्।

‘परीक्षणको तनावसँगै मानिसहरूलाई राख्ने क्वारेनटाइनको पनि तनाव थपिएको छ’ उपप्रमुख राजवंशीले भनिन्‚ ‘भएका क्वारेन्टाइन भरिभराउ भइसके, नयाँ आउनेलाई कहाँ राख्ने सोच्नै सकेका छैनौं।’ गाउँपालिकाले विद्यालयहरूलाई अस्थायी क्वारेन्टाइन बनाएको र सबै विद्यालयमा खानेपानीदेखि बस्ने सामान्य सुविधासम्म पुर्‍याउन सम्भव नहुने भएकाले धेरै समस्या भएको उनले बताइन्। गाउँपालिकाको क्वारेनटाइनमा अझै २०० जना जति रहेको र भोलीका दिनमा यो थप हुने भएकाले अझ धेरै क्वारेन्टाइनको आवश्यकता भएको उनले बताइन्।

वडा वडाका विद्यालयमा कोरोनाका लागि अस्थायी क्वारेन्टाइन बनाउने तयारी गाउँपालिकाले गरेको तर भौगोलिक र अन्य सुविधा नहुँदा समस्या भएको उनको तर्क छ। ‘खानेपानीलगायत केही सुविधा भएका विद्यालयलाई प्रयोगमा ल्याइसकियो’ अब केही अलि समस्या भएका विद्यालयहरू छन् तिनीहरूलाई पनि प्रयोगमा ल्याउनुपर्ने अवस्थामा गाउँपालिका पुगेको छ।’ प्रदेश र जिल्लामा पनि यो समस्या आफूहरूले सुनाएको उनले बताइन्। ‘सक्दो सहयोग हुन्छ भन्नु भएको छ‚ तर कहिले हो मान्छे आजै आइसके’ उपप्रमुख राजवंशीले भनिन्।

प्रदेश १ को झापा जिल्लाको भारतीय सिमासँग जोडिएको गाउँपालिका हो कचनकवल। यो गाउँपालिकामा ४२ हजार जनसंख्या रहेको छ। यो गाउँपालिकामा अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारतमा पुगेका छन्। भारतमा मजदुरी गर्न गएका उनीहरू फर्कने क्रम सुरु भएसँगै गाउँमा पनि कोरोनाको संक्रमण देखिन थालेको राजवंशीले बताइन्।

करिब ४ हजार युवा कामको शिलशिलामा भारतमा रहेकाले यो जेखिम अझै वृद्धि हुने अनुमान गाउँपालिकाले गरेको उनले बताइन्। सीमामा कडाइ भए पनि उनीहरू लुकछिपी रातीको समयमा पनि गाउँमा आउने गरेको उनले बताइन्। यसरी गाउँमा आएका युवालाई सकेसम्म क्वारेन्टाइनमा राख्ने गरिएको छ। हालसम्म भारतबाट फर्केका १ सय १० जनाको पिसिआर परीक्षण गरिएको छ।

यसरी परीक्षण गरेकामध्ये यसअघि ३३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। परीक्षण रिपोर्टमा पोजेटिभ आउनेहरूलाई कोशी अञ्चल अस्पताल पठाउने गरेको‚ संक्रमण नभएकाहरूलाई १४ दिन राखेर घर पठाउने गरेको उनले बताइन्। एक हजार किट माग गरेको तर थोरैमात्र आएकाले सुरुदेखि क्वारेन्टाइनमा रहेकाहरूबाट पालै पालो परीक्षण गरिरहेको उनले बताइन्। गाउँपालिकाले पनि केही परिक्षण खरिद गरेर परीक्षणको दायर वृद्धि गरेको भएपनि अहिले अभाव झेलिरहेको नेपाल लाइभमा खवर छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]