बैशाख १४, २०८१ शुक्रबार

कनकाईमा ४१ जनाको स्वाब संकलन

सिएम शर्मा

कनकाई । कनकाई नगरपालिकाले कोरोना परीक्षणको लागि बिहीवार ४१ जनाको स्वाब संकलन गरेको छ । नगर क्षेत्रमा अग्रपंक्तिमा रहि समचार सम्प्रेषणमा लागि रहेका चार संचारकर्मी सहित एम्बुलेन्स चालक , प्लम्बर , छोटो समयावधि भित्र अन्यत्रबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका साथै कनकाई क्याम्पसको क्वारेन्टिनमा रहेका ५६ मध्ये २३ जना गरि जम्मा ४१ जनाको स्वाब संकलन गरिएको कनकाई नगरका स्वास्थ्य प्रमुख ब्रजेश महतोले जानकारी दिए ।

यसअघि कनकाई नगरपालिकाले दुई चरणमा गरि पिसिआर बिधिबाट नगर क्षेत्रका बिभिन्न क्वारेन्टिनमा रहेका ५३ जनाको स्वास्थ्य परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारि दिएका छन् ।

स्वास्थ्य परीक्षणलाई व्यवस्थित र भरपर्दो बनाउँनका लागि स्वाब संकलन गरेर पिसिआर बिधिबाट परीक्षण गर्न धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईदै आएको र बिहीवार संकलन गरिएको स्वाब पनि परीक्षणको लागि धरान पठाइ सकिएको नगर प्रमुख पोखरेलले जानकारी दिए । यसै बिच कनकाई नगर पालिकाले नागरिकको स्वास्थ्यसेवाको हकमा कुनै कसुर बाँकी नराखी काम गर्ने र यस बिषयमा नगरबासी ढुक्क रहन समेत पोखरेलले अनुरोध गरेका छन् ।

भारतमा लकडाउन खुकुलो बनाएसँगै सिमावर्ती क्षेत्रका विभिन्न नाकाबाट नेपाल प्रवेश गर्नेहरुको संख्या हरेक दिन बढिरहेको छ । हाल कनकाई नगरले क्वारेन्टिनका रुपमा संचालनमा ल्याएको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा ८ जना , कनकाई उद्योग वाणिज्य संघमा ९ जना , कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्वारेन्टिनमा ५६ जना , चम्पापुर माविको क्वारेन्टिनमा १६ जना र घैलाडुवास्थित आदर्श माविमा ३९ जना गरि जम्मा १२८ नगरवासीलाई क्वारेन्टिनमा व्यवस्थापन गरिएको र थप १६ जना नगरबासी पश्चिमी सिमानाका बाट आउँदै गरेको नगर उपप्रमुख मञ्जु प्रसाईंलाईले जानकारी दिएकी छन् ।

त्यसै गरि नगरको सम्पर्कमा आएका अन्य ठाउँका मानिसहरुलाई आफ्नो पालिकासम्म पुग्नका लागि सहज होस् भन्ने उद्येश्यले दुर्गापुरस्थित भृकुटी माविलाई होल्डिङ एरीयाको रुपमा व्यवस्थापन गरिएको र हाल होल्डिङ क्षेत्रमा ११ जनालाई राखिएको उपप्रमुख प्रसाईंलाई बताइन् ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]