चैत्र १५, २०८० बिहीबार

भद्रपुरमा कोरोना अस्पताल बनाउने निर्णय विरुद्ध लागेका वडाध्यक कार्कीकै वडामा भेटियो पहिलो संक्रमित

बिर्तामोड । झापाको भद्रपुरमा पहिलो संक्रमित फेला परेको छ । भद्रपुर – ५ मा एक जनामा कोरोना संक्रमित फेला परेको हो । यो सगै झापामा संक्रमितको संख्या ८० पुगेको छ ।

यसअघि झापाको ५ पालिकामा ७९ जना संक्रमित भेटिसकेका छन् । भद्रपुरमा देखिएका कोरोना संक्रमित कलवलगुरीको क्वारेन्टाइनमा बसेका थिए । अहिलेसम्म उनलाई उपचारका लागि लगिएको छैन ।

बिराटनगर र धरानमा उपचार गर्न सम्भव नभएपछि भद्रपुरका संक्रमितलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । भद्रपुरमा कोरोना अस्पताल बनाउने निर्णयपछि अग्रमोर्चाबाट बिरोध गर्ने वडाध्यक्ष बन्दु कार्की कै वडामा कोरोना देखिएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]