बैशाख १२, २०८१ बुधबार

गणतन्त्र दिवसमा अनेरास्ववियूद्वारा दिप प्रज्वलन

सिएम शर्मा

कनकाई । गणतन्त्र दिवस २०७७ को अवसरमा बिहीबार साँझ कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अखिल आवद्ध बिद्यार्थीले सुरुङ्गा चोकमा दिप प्रज्वलन गरेका छन् ।


सिमा विवाद बढिरहेको बेला भर्खरै सरकारले सार्वजनिक गरेको नेपालको नयाँ नक्साको आकृतिमा दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाईएको अनेरास्ववियू कनकाई नगर इन्चार्ज तथा नेकपा नगर समिति सदस्य उत्सव बास्तोलाले बताएका छन् ।

यसै बिच सरकारले नयाँ नक्सा जारी गर्ने सहास लिएकोमा धन्यवाद ब्यक्त गर्दै अखिलले आजभन्दा अगाडि हुँदै आएका आन्दोलनमा झै देशको रक्षा खातिर जस्तोसुकै वलिदानि दिनपनि पछि नपर्ने र सिमाका बिषयमा सरकारलाई पछि नहट्न समेत गणतन्त्र दिवसकै अवसरमा अखिल आवद्ध बिद्यार्थीले अनुरोध गरेका छन् ।


कोरोना भाईरसले बिश्व आक्रात भई रहेको र त्यसको प्रभाव नेपालमा पनि परिसकेकोले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकारले गरेको निर्णयलाई अनुशासित भई पालना गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]