बैशाख २०, २०८१ बिहीबार

गोल्धापमा माछासहितको स्तम्भ

बिर्तामोड । हल्दिवारी – १ गोल्धापमा माछाको स्तम्भ निर्माण शुरु भएको छ । जसलाई गोल्धाप स्तम्भको नाम दिइएको छ ।

गाउँपालिकाले माछामा आत्मनिर्भर हुने कार्यक्रम बनाएपछि ‘हल्दिवारीको बाचा, झापाभरी माछा’ कार्यक्रम नै सञ्चालन गरेको छ । सोहि कार्यक्रम अनुसार माछामा आत्मनिर्भर हुने योजनाका साथ लागेको हल्दिवारीमा त्यसैको सन्देश दिने गरी स्तम्भ तयार भइरहेको हल्दिवारी – १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार वडाबाट निर्णय गरेर गाउँसभाले पारित गरेपछि सो स्तम्भ निर्माणको काम शुरु भएको हो । २ लाख लागतमा निर्माण हुने स्तम्भमा चार वटा माछा हुने छन् । माछाले गोल्धापको प्रतिकलाई अड्याएको हुनेछ । त्यसमा नेपालको झण्डा हुनेछ ।

माछामा आत्मनिर्भर हुन प्रेरित गर्न पनि स्तम्भले मद्दत पुग्ने र गाउँपालिकाको पहिचान बन्ने वडाध्यक्ष सापकोटाको भनाई छ । २०३८ सालमा राजगढ गाविसबाट छुट्टाएर गोल्धाप गाविस बनेको थियो । सो साविक गाविस अहिले हल्दिवारी गाउँपालिकाको वडा नं. १ बनेको छ । गोल्धापको पहिचान बचाइराख्न स्तम्भ बनाइएको बताइएको छ । स्तम्भ असार मसान्तमा निर्माण सम्पन्न हुनेछ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार  १२ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]