जेष्ठ ४, २०८१ शुक्रबार

भारतीय भन्सार कर्मचारीका कारण इन्धनको आपूर्ति असहज

बिर्तामोड । पूर्वी नेपालमा पेट्रोलियम पदार्थ सहज हुन अझै केही दिन लाग्ने भएको छ ।

भारतस्थित पानीट्याङ्की भन्सारमा अनलाइन इन्ट्री सुरु भएपछि ट्याङ्कर भित्रिन सकिरहेका छैनन । गत हप्तादेखी शुरु भएको अनलाइन इन्ट्री प्रणाली व्यवस्थित नभएका कारण नेपाली मालबहाक सवारी नेपाल भित्रिन सकिरहेका छैनन् ।

इन्धनको चरम अभाव भएपछि नेपाल आयल निगम चारआलीले बिराटनगरबाट शनिबार मेची अञ्चलका लागि २ लाख ४० हजार लिटर डिजेल,१ लाख लिटर पेट्रोल भित्र्याएको छ ।

आज बिहानै देखि पेट्रोल पम्पहरुमा सवारीका लाइन छन । इन्धनको अभाव भएपछी दैनिक कामधन्दा प्रभावित भएको छ ।

भारतीय भन्सारको नयाँ प्रबिधी प्रयोगमा कर्मचारीले ढिलाइ गरेका कारण सहज हुन समय लाग्ने आयल निगमका सूचना अधिकारी लोकमणी पौडेलले जानकारी दिए । इण्ट्रीको प्राबिधिक पक्षलाई दुरुस्त पार्न कलकत्ताबाट टोली आउदै गरेको बुझिएको छ ।

मेची अन्चलको पनि झापामा इन्धनको अत्याधिक माग छ । मेचीमा दैनिक ३ लाख लि. डिजेल र १ लाख लि. पेट्रोलको खपत हुने गरेको पौडेलले जानकारी दिए ।

भारतीय भन्सार कै कारण इन्धन आइरहेको छैन, इण्ट्री ब्यवस्थित गर्न माग गरेका छौ- पौडेलले भने ।

प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]