जेष्ठ २, २०८२ बिहीबार

पूर्वमा काँकरभिट्टासहित २० नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने

बिर्तामोड । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो ।

स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]