जेष्ठ २, २०८१ बुधबार

एक्सपर्टको शैक्षिक परामर्श

बिर्तामोड । विगत लामो समयदेखि अष्ट्रेलिया अध्ययन गर्न जान चहाने विद्यार्थीलाई शैक्षिक परामर्श दिदैं आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले शैक्षिक गाष्ठीको आयोजना गरी परामर्श प्रदान गरेको छ ।


आइतवार एक्सपर्टले ११ वटा विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षिक परामर्श सम्बन्धी सहजीकरण गरेको छ ।

शैक्षिक परामर्श गोष्ठीमा विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले शैक्षिक प्रतिष्ठानको बारेमा सहभागी विद्यार्थीलाई जानकारी गराएका छन् ।


एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सन्जीव शर्माको नेतृत्वमा झापा आएको विश्वविद्यालयका प्रतिनिधिहरु टोलीले अष्ट्रेलियाको हावापानी, शैक्षिक गुणस्तर, नेपाली माथि गरिने व्यवहारसँगै विश्वविद्यालयका विशेषताहरुबारे सहजीकरण गरेको बिर्तामोड शाखाका प्रमुख कृष्ण खतिवडाले जानकारी दिएका छन् ।


उत्कृष्ट शैक्षिक परामर्श दिँदै आएको एक्सपर्टमा वर्षको ४ पटक यस्तो सेमिनार गरिँदै आएको छ । सहजीकरणका लागि आएका विश्वविद्यालयका प्रतिनिधिहरुले पनि परामर्श लिएर मात्र अध्ययनमा जान आग्रह गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]