चैत्र १६, २०८० शुक्रबार

राहतसँगै कोरोना परीक्षण सामग्री उपलब्ध गराउँदै ‘एकका लागि एक अभियान’

बिर्तामोड । शहरी क्षेत्रमा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने विपन्न परिवारले राहत पाएका छन् । उनीहरुलाई एकका लागि एक अभियानले शनिबार राहत दिएको हो । दोस्रो पटक बिर्तामोड–४ का विपन्न मजदुर परिवारलाई पुनः खाद्य सामग्री वितरण गरेको सहारा नेपालका घनश्याम रायले जानकाी दिए ।

मजदुर दिवसबाट शुरु भएको अभियानले हजारौ विपन्न परिवारमा रातह पुर्याएको छ । विपन्नताको स्थिति अध्ययन गरेर अभियानले दोस्रो पटकसम्म एक ठाउँमा राहत दिदैं आएको छ ।

शनिवार सो वडाका ५० विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको सहारा नेपालका वरिष्ठ सहायक प्रबन्धक रायले जानकारी दिए । अभियानको साझेदार संस्था वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानको औचित्यमाथि प्रकाश पारेका थिए । उनले अभियानको मुख्य उद्देश्य भनेको हुनेखाने एक परिवारले हुँदा खाने अर्को परिवालाई सहयोग गर्ने रहेको स्पष्ट पारे । लकडाउनको अवधिमा कोही पनि मानिस भोकै बस्नु नपर्ने उनले बताएका थिए ।


राहत वितरण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कुलप्रसाद संग्रौलाले वडाका विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराइदिएकोमा अभियानलाई धन्यवाद दिए ।
सोहि अभियानले अब कोरोना परीक्षणका लागि आवश्यक उपकरण उपलब्ध गराउन थालेको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सामग्री उपलब्ध गराउन थालेको रायको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]