बैशाख ८, २०८१ शनिबार

झापाबाट आन्दोलन उठाउने तयारी

बिर्तामोड । पश्चिम रुकुममा जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी भएको छ ।

त्यसका लागि झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ संस्था र विभिन्न सार्वजनिक निकाय एकजुट भएको नेकपाका युवा नेता टिकाराम मंग्रातीले जानकारी दिए । उनले रुकुममा नवराज विक सहित अन्य ६ जनाको हत्याको विरोध र दोषीमाथि कारवाहीको माग गर्न व्यापाक आन्दोलनको तयारी गरेको बताए ।

हुकुमसिंह नेपाली

शनिवार संबद्ध सरोकारवाला बिच बिर्तामोडमा भएको छलफलले संयुक्त राजनीतिक दलित संघर्ष समिति बनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा संघर्ष समिति बनेको छ ।

समितिको सहसंयोजकमा भोला परियार, सुरेश बराइली, दल बहादुर विश्वकर्मा, गोपाल गजमेर , सचिव छविलाल विश्वकर्मा, सदस्यहरुमा वीर बहादुर दर्नाल, रञ्जित परियार, हर्कमाया विक, निरु परियार, निता घतानी , हरि नेपाली, सागर पोर्तेल, लक्ष्मी मोते, तिलक गजमेर, अशोक राम लगायत गरी ३५ सदस्यीय संघर्ष समिति बनाइएको छ ।

सो संघर्ष समितिले आन्दोलनका कार्यक्रम तयार गरीअघि बढ्ने संयोजक हुकुमसिंह नेपालीले जानकारी दिए । जातीय भेदभावको घटना साझा मुद्दा भएकाले आन्दोलनमा सबैको सहभागिता गराउने उनको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]