चैत्र १६, २०८० शुक्रबार

झापाको बाह्रदशीमा थप २ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा आज थप २ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि हुनेहरु बाह्रदशी गाउँपालिकाका पुरुष छन् । उनीहरु दुवै जना भारतबाट आएका थिए ।

हप्तादिनअघि भारतबाट आएका उनीहरुलाई पशुपति माविको क्वारेन्टाइनमा राखिएको थियो । योसँगै बाह्रदशीमा ४ जनामा संक्रमण पुष्टि भएको छ । १ जना उपचार गरेर फर्किसकेका छन् भने १ जना उपचारमै छन् । आजका दुवै जनालाई अस्पताल लगिएको छ ।

प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]